राप्रपा केन्द्रीय समितिमा राणा गएनन्, चन्द बैठक हुनुअघि नै हिँडे

विश्वबन्धु थापा, हरिबहादुर बस्नेत र नवराज सुवेदी पनि बैठकमा अाएनन्

फाइल फोटो/सेतोपाटी


केही समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद केन्द्रीय कार्यसमितिको बैठकमा  पनि देखिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बुधबार सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरू पशुपतिशमशेर राणा, लोकेन्द्रबहादुर चन्द अनुपस्थित भए।

राणा बैठक आउँदै आएनन् भने अर्का नेता लोकेन्द्रबहादुर चन्द बैैठक सुरु हुन अघि नै बाहिरिका छन्। स्रोतका अनुसार नेताहरु विश्वबन्धु थापा, हरिबहादुर बस्नेत र नवराज सुवेदी पनि बैठकमा उपस्थित छैनन्।

पछिल्लो समय पार्टी अध्यक्ष कमल थापाले मनोमानी तरिकाले काम गरेको भन्दै राप्रपामा राणा समूहले असन्तुष्टि जनाउँदै आएको छ।

केही दिनअघि थापाले एकलौटी रूपमा केन्द्रीय सदस्य मनोनयन गरेर निर्वाचन आयोगमा नाम बुझाएपछि राप्रपाभित्र विवाद झन् चुलिएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.