राप्रपा केन्द्रीय समितिको बैठक सुरू


राप्रपा केन्द्रीय समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरू भएको छ। बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा छलफल हुने प्रवक्ता राजाराम श्रेष्ठले सेतोपाटीलाई बताए।

‘अध्यक्षज्यूले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु हुन्छ, त्यसमा छलफल हुन्छ,’ श्रेष्ठले भने, ‘सरकारमा सहभागिता, संविधान संशोधन लगायतका विषयमा पनि छलफल हुने छ।’ उनले बैठकमा पशुपति शमशेर राणा बाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्य बैठकमा सहभागी भएको बताए। ‘उहाँ (राणा) लाई सन्चो नभएर  नअाउनु भएको हो एकछिनमा अाउँदै हुनुहुन्छ भनेर खबर अाएको छ’, श्रेष्ठले भने।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समिक्षा साथै तेस्रो चरणको स्थानीय निर्वाचन, प्रदेश र केन्द्रीय संसदको निर्वाचनको तयारीबारे पनि बैठकमा छलफल हुने उनले बताए। बैठक पर्सि शुक्रबारसम्म चल्ने छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.