एमाले नेता कुर्मी फोरम नेपालमा प्रवेश

एमाले नेता कुर्मी फोरम नेपालमा प्रवेश


वीरगन्जका एमाले नेता सुन्दर प्रसाद कुर्मी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन्। वीरगञ्ज महानगरको मेयरका लागि नेकपा एमालेबाट प्रस्तावित सुन्दर कुर्मीले पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका हुन्।

एमालेको भातृ संगठन लोकतान्त्रिक मधेसी संगठनको पर्सा जिल्ला अध्यक्ष समेत रहेका कुर्मीले एमालेको साधरण सदस्यता समेत परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका हुन्। गत असार १४ गते नेता कुर्मीले वीरगन्जमा पत्रकार सम्मेलन गरी एमाले परित्यागको घोषणा गरेका थिए।

फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा सोमबार आयोजित एक समारोहमा पार्टी अध्यक्ष उपेन्द्र यादवले अबिर खादा ओढाएर नेता कुर्मीलाई पार्टीमा स्वागत गरेका छन्।

सो अवसरमा फोरम नेपालका उपाध्यक्ष युवराज कार्की, महासचिवद्धय रामसहाय यादव र रणध्वज कन्दङ्वा, सांसद अभिषेक प्रताप शाह र फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.