प्रधानमन्त्रीको स्वकीय सचिवमा जोशी


प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो स्वकीय सचिवमा अधिवक्ता केशवराज जोशीलाई नियुक्त गरेका छन्।

यसअघि संसदीय दल हेर्ने गरी निजी सचिवको जिम्मेवारीमा रहेका जोशीलाई आईतबार प्रधानमन्त्री देउवाले स्वकीय सचिवमा नियुक्त गरेका हुन्। एक दशकभन्दा लामो समयदेखि वकालत पेशामा क्रियाशील जोशीलाई विशिष्ठ श्रेणीको सेवा सुविधा पाउने गरी नियुक्त गरिएको हो ।

धनगढी उपमहानगरपालिका–५का जोशी यसअघि २०६१ सालमा तत्कालीन कानून मन्त्रीको स्वकीय सचिव थिए। यसअघि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारको श्रम राज्यमन्त्रीको समेत कानूनी सल्लाहकार भएर काम गरेको अनुभव जोशीसँग छ ।

उनले २०५८ मा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक टेकबहादुर चोखालको पनि स्वकीय सचिव भएर काम गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.