प्रधानन्यायाधीश कुनै जादुको छडी होइनः पराजुली

तस्बिरः अनिश रेग्मी


प्रस्तावित प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको संसदीय सुनुवाई भइरहेको छ। संवैधानिक परिषदबाट सिफारिस भएका प्रस्तावित प्रधानन्यायाधीश पराजुलीलाई संसदीय सुनुवाई बिशेष समितिले बिहान ९ बजेबाट सिंहदरबारमा सुनवाई गरिरहेको हो।

तत्कालिन प्रधानन्यायधीश शुशिला कार्कीको पदावधि सकिएपछि पराजुलीले कायममुकाम प्रधानन्यायधीशका रूपमा काम गरिरहेका छन्।

उनी बिरुद्ध समितिमा कुनै उजुरी नपरेकाले समितिले आज सर्बसम्मत रुपमा अनुमोदन गर्ने सम्भावना छ।

यसैबीच सुनुवाईमा पराजुलीले न्यायका लागि आफू अन्तस्करण र आत्मैदेखि समाहित भएको बताएका छन्।

प्रधानन्यायाधीश कुनै जादुको छडी नभएको भन्दै न्यायालय सुधार गर्दै जानुपर्ने बताएका छन्।

‘न्यायलयले जनताप्रति जवाफदेहि हुनुपर्छ। जनताले जनआस्थाप्रति समर्पित न्यायलय खोजेको छ,’ पराजुलीले भने।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.