निवेदन दिएको राजपा अायोगमा दर्ता


राष्ट्रिय जनता पार्टी(राजपा)नेपाल निर्वाचन अायोगमा विधिवत् दर्ता भएको छ। गत असार २३ गते राजपा नेपालले दल दर्ताका लागि अायोगमा निवेदन दिएको थियो।

राजपाको निवेदनलाई अायोगले स्वीकृत गरेपछि अब राजपाले कानुनी मान्यता पाएको छ। राजपाका महासचिव केशव झाले राजपाले माग गरेको निर्वाचन चिन्ह छाताका बारे अझै निर्णय नभएको बताए। राजपालाई छाता चुनाव चिन्ह दिन  सरकारले निर्वाचन एेन संशोधन गर्नु पर्छ।

तराई मधेस केन्द्रीत ६ पार्टी मिलेर वैशाख ७ गते राजपाकाे गठन भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.