अब राजपा कार्यालय बबरमहलमा

फाइल तस्बिर: सन्जिब बगाले/सेतोपाटी


राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको केन्द्रीय कार्यालय बबरमहल सरेको छ। मधेसी निजामती कर्मचारी मञ्चको कार्यालय रहेको भवनमा राजापाको कार्यालय सारिएको हो।

कार्यालयको भाडा तय भई नसकेको राजपाका महासचिव केशव झाले सेतोपाटीलाई बताए। उनले पार्टी कार्यालयलाई व्यवस्थित गर्न अझै एक साता लाग्ने बताए।

वैशाख ७ गते तराई मधेस केन्द्रीत ६ पार्टी मिलेर राजपाको गठन भएपनि यसको केन्द्रीय कार्यालय तोकिएको थिएन।

तत्कालका लागि साविकको तराई मधेस लोकतान्त्रीक पार्टीको कार्यालयबाट राजपाको दैनिक काम सञ्चालन भएको थियो।

असार २३ गते राजपाले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो। राजपामा ८ सय १५जना केन्द्रीय सदस्य रहेका छन् भने १ सय ३४जना पदाधिकारी र ६ जना अध्यक्ष मण्डलमा छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.