सरकारमा जान सहमति भैसकेको छ, अब कसैले रोक्न सक्दैन : राणा

सरकारमा जान सहमति भैसकेको छ, अब कसैले रोक्न सक्दैन : राणा

पार्टीका ३७ जनै सांसदहरुले एक ढिक्का भएर संशोधनको पक्षमा मत हाल्छन्


राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर जबराले आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने जानकारी दिए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारमा राप्रपाको सहभागीता निश्चित भइसकेको बताएका हुन्।‘ ‘सरकारमा सहभागी हुने निश्चित भैसकेको छ, छिट्टै सरकारमा सहभागी हुन्छौ,’ उनले भने, ‘सरकारमा जानेबारे सहमति भैसकेको छ, अब कसैलेपनि रोक्न सक्दैन्।’

जबराले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग आफू र पार्टी अध्यक्षले यसअघि नै छलफल गरिसकेको समेत जानकारी दिए ।

जबराले पार्टीले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावको पक्षमा एक ढिक्का भएर मत हाल्ने समेत स्पष्ट पारे। उनले भने, ‘हाम्रो पार्टी मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा नै छ, मधेशको समस्या हल गरेर जानुपर्छ, अहिले सदनमा रहेको संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने भनेर पार्टीले निर्णय गरिसकेको छ।’

उनले पार्टीका ३७ जनै सांसदहरुले एक ढिक्का भएर प्रस्तावको पक्षमा मत हाल्ने बताए । उनले थपे, ‘सांसद गायब छैनन्, हामी सबै सांसदहरुलाई कन्भिन्स गर्छौं, उहाँहरुले प्रस्तावको पक्षमा नै मत हाल्नुहुन्छ।।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.