प्रधानमन्त्रीको प्रेस संयोजकमा परियार

प्रधानमन्त्रीको प्रेस संयोजकमा परियार


प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस संयोजकमा पत्रकरा गोविन्द परियार नियुक्त भएका छन्। प्रधानमन्त्री देउवाले प्रेस सल्लाहकारमा भने कसैलाई पनि नियुक्त गरेका छैनन्। विशिष्ठ श्रेणीमा नियुक्त परियारले नै तत्कालका लागि प्रेस सल्लाहकारको भूमिकासमेत निभाउने भएका छन्।

राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रकारितामा तालिम प्राप्त गरेका परियार १५ वर्षदेखि पत्रकारितामा क्रियाशिल छन्। समय म्यागेजिन र नागरिक दैनिकमा समेत काम गरिसकेका परियार हाल अन्नपूर्ण पोष्टमा आवद्ध थिए। प्रधानमन्त्री देउवाले आफनो परराष्ट्र मामिला सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरेका छन्। पूर्व राजदूत भट्टराई पूर्व प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि परराष्ट्र सल्लाहकार थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.