एमाले स्थायी समिति बैठक बस्दै


समसामयिक राजनीति विषयमा छलफल गर्न प्रमुख प्रतीपक्षी नेकपा एमालेको स्थायी समिति बैठक सोमबार बस्दैछ।

एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले संविधान संशोधन लगायतका विषयमा छलफल गर्न दिउँसो ४ बजे  पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको सेतोपाटीलाई जानकारी दिए।

‘समसामयिक विषयमा छलफल गर्न बैठक डाकिएको हो,’ पोखरेलले भने, ‘चुनावको विषयमा पनि छलफल होला।’

दोस्रो चरणको स्थानीय चुनावपछि पहिलो पटक एमाले स्थायी समितिको बैठक बस्न लागेको हो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.