पुनर्वास नगरपालिकामा एमाले विजयी


 कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार जीवनराज थापा ६ हजार ४० मत प्राप्त गरी विजयी भएका छन्।

उनाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का वीरबहादुर थापा पाँच हजार ५१४ मत र नेपाली काँग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले पाँच हजार ५१२ मत प्राप्त गर्नुभएको पुनर्वास नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार शारदा विष्ट ६ हजार ३६६ मत ल्याएर विजयी  भइन्।
उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार भुलिया राना पाँच हजार ३९१ मत प्राप्त गरिन् भने माओवादी केन्द्रका सीता विकले पाँच हजार ३५६ मत प्राप्त गरेकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.