धनगढीको प्रमुख र उपप्रमुखमा कांग्रेस भारी मतले विजयी


धेरैको चाँसोको विषय रहेको सात नम्बर प्रदेशको एक मात्रै धनगढी उप–महानगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली कांगेस विजयी भएको छ । आज बिहान सार्वजनिक भएको परिणाम अनुसार मेयरमा कांग्रेसका नृपबहादुर वडले निकटतम् प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७९७ मतले पछि पार्दै प्रमुखमा विजयी भए ।

उनले १४३२४ मत ल्याए भने उनका प्रतिस्प्रर्धी हमालले ११५२७ मत पाए। यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी सुशीला मिश्र भट्ट भारी मतले विजयी भएकि छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी रुक्मणी देवकोटालाई ४६४५ मतले पछि पार्दै उपमेयरमा जित हासिल गर्न सफल भइन् । भट्टले १७४०८ मत पाउँदा उनकी प्रतिस्पर्धी देवकोटाले १२७६३ मत ल्याइन । यस्तै धनगढीका १९ वटा वडा मध्ये कांग्रेसले प्यानल र अध्यक्षमात्र सहित १२, माओवादी केन्द्रले ४ र एमालेले ३ वडामा जित हात पारेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.