ओलीको गृहनगरमा काँग्रेस-माओवादी शून्य, एमालेले ५२ मध्ये ५० पद जित्यो


एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा एमालेले प्रमुख, उप प्रमुख , वडा अध्यक्ष र सदस्यहरुसहित ५२ जना निर्वाचित हुनु पर्नेमा ५० पद जितेको छ। सत्तारुढ दुई दल काङ्ग्रेस र माओवादी केन्द्र सबै पदमा हारेका छ्न्।

यी दुवै दलले दमकमा एउटा सदस्य पद पनि जित्न सकेनन्।  बरू अरू दुई पदमा राप्रपाले जितेको छ। प्रमुखमा एमालेका रोमनाथ ओली १० हजार ८ सय ६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजार ६ सय ५५ मत पाए।

उप प्रमुखमा एमालेकै गीता अधिकारी १२ हजार ६ सय २५ मत ल्याइन्। निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकि रेगिना भट्टराईले ८ हजार ९ सय १२ मत पाइन् ।

वडा नम्बर १ र ७ मा वडा अध्यक्ष राप्रपाले जितेको दमकमा अरु वडामा एमाले विजयी भएको छ

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.