इटहरीमा एमाले र कांग्रेसबाहेक अरू सबै पार्टीको जमानत जफत

मेयरमा सवै भन्दा कम  ६ मत, उप मेयरमा सून्य


इटहरी उप महानगरपाकिलामा एमालेले मेयर उप मेयर दुवै पद जितेको छ। एमालेका मेयरका प्रत्यासी द्धवारीकलाल चौधरीले २२ हजार ६ सय ८९ मत ल्याँउदै मेयरमा बाजी मारेका हुन् भने उप मेयरमा लक्ष्मी गौतम २१ हजार ८ सय ४२ मत ल्याउदै विजयी भइन्।

मेयरमा नेपाली कांग्रेसका प्रत्यासी रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत ल्याउँदा उप मेयरमा भने नेपाली कांग्रेसका बिमला शिवाकोटी ढकालले १८ हजार ३ सय ५२ मत प्राप्त गरिन्।

इटहरीको मेयरमा १५ जनाले उम्मेद्वारी दर्ता गराएका थिए। ती मध्ये माओवादी केन्द्रका हरीमाया जिमीले ३ हजार ६ सय ६४ मत प्राप्त गरिन्। माओवादी केन्द्रका उप मेयरका प्रत्यासी भिम सुवेदीले ४ हजार १ सय ३१ मत प्राप्त गरेका थिए।

राप्रपाका मेयरका प्रत्यासी रोहित बहादुर कार्कीले ३ हजार ७ सय १५ मत र उप मेयरका प्रत्यासी माया रायमाझीले ३ हजार ९ सय १९ मत प्राप्त गरे।

इटहरीमा कांग्रेस र एमालेको बाहेक अन्य दलका उम्मेद्वारको जमानत जफत भएको इटहरीका निर्वाचन अधिकृत भरतमणि रिजालले जानकारी दिए।

मेयरमा सवै भन्दा कम मत स्वातन्त्र उम्मेद्वार वीर बहादुर काफ्लेले ६ मत ल्याउका थिए भने उप मेयरमा सबै भन्दा कम मत रुझा घिमिरेले सून्य मत पाएकी थिइन्।

यस्तै इटहरी उपमहानगरपालिका साझा पार्टी तर्फबाट मेयर उम्मेदवार बनेकी ताराकुमारी काफ्लेले १८१ मत पाएकी छन्।  मेयर उम्मेदवार काफ्लेको भन्दा उपमेयर उम्मेदवारले १० मत कम पाएका छन्।

उपमेयरका उम्मेदवार प्रकाशचन्द्र परियारले १ सय ७१ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.