भीमदत्त नगरपालिकामा एमालेको रोचक जित, कांग्रेसका उम्मेद्वार १६६ मतले पराजित

भीमदत्त नगरपालिकामा एमालेको रोचक जित, कांग्रेसका उम्मेद्वार १६६ मतले पराजित


कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा एमालेले रोचक जित निकालेको छ। एमालेका मेयर पदका उम्मेदवार सुरेन्द्र विष्ट, कांग्रेसका मेयर उम्मेदवार पदक बोगटीलाई १ सय ६६ मतले हराउँदै विजयी भएका हुन्।

मेयरमा विजयी एमालेका उम्मेदवार विष्टले ११ हजार ८ सय ३१ मत ल्याउँदा कांग्रेसका मेयर उम्मेदवार पदम वोगटीले ११ हजार ६ सय ६५ मत ल्याएर पराजित भए।

उपमेयरमा कांग्रेसकी उम्मेदवार सुशीला चन्द सिंह विजयी भइन्। एमालेकी माया पन्तलाई पराजित गर्दै सिंह विजयी भएकी हुन्।

उपमेयरमा विजयी सिंहले ११ हजार ६६५ मत ल्याएको भीमदत्तका निर्वाचन अधिकृत प्रकाश ढुंगानाले सेतोपाटीलाई जानकारी दिए।भीमदत्त नगरपालिकामा ३७७५४ मत खेसको थियो।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.