कांग्रेसका रमेशले एमाले झापा जिल्ला अध्यक्षलाई बुद्धशान्तिमा हराए

कांग्रेसका रमेशले एमाले झापा जिल्ला अध्यक्षलाई बुद्धशान्तिमा हराए


झापाको बुद्धशान्ति गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेस उम्मेदवार रमेश भुजेलले ७ हजार ९ सय ९६ मत ल्याउँदै पाठकलाई हराएका हुन्।

उनका निकटम प्रतिद्वन्दी पाठकले ७ हजार ३ सय ५३ मत ल्याए । पार्टी अध्यक्ष उठेको गाउँपालिकामा आफ्नो जीतलाई एमालेले प्रतिष्ठाको विषय बनाएको थियो । तर, अध्यक्षको गृह गाउँपालिकामा ६ सय ४३ मत अन्तरले पराजित भएको छ ।

यस्तै माओवादी केन्द्रका मेयरले २ हजार ६६ मतसहित तेस्रो भएका छन्। माओवादी केन्द्रबाट खड्ग तिम्सिना ‘पवन’ उम्मेदवार बनेका थिए ।

यस्तै, उपमेयरमा भने एमालेकी उम्मेदवार मिरा भुर्तेल विजयी भइन्। उनले ७ हजार ४ सय ५७ मत प्राप्त गरिन् ।

भुर्तेलकी निकटम प्रतिद्वन्दी कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार ८ सय ४ मत ल्याइन् । माओवादीबाट उपमेयरकी उम्मेदवार बनेकी अस्मितकला लिम्बुले २ हजार ५ सय ८ मत प्राप्त गरिन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.