अब मैले चुनाव जितिसकेंः धनगढीका कांग्रेस उम्मेदवार वड


धनगढी उपमहानगर पालिकामा १२ वडाको मत गणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले स्वतन्त्र उम्मदेवार गोपाल हमालसँगको अग्रता बढाएका छन्।

१९ वडा रहको धनगढी उपमहानगरका ५४ हजार ३ सय ६९ मत खसेको थियो। बिहिबार बिहानसम्म १–६ र १४–१९ वडाको ३८ हजार ६ सय २२ मत गणना हुँदा मेयरमा  वडले ९ हजार ७ सय ११ मत पाएका छन् भने हमालले ८ हजार ९ सय ३३ मत पाएका छन्। हिजोसम्म हमालभन्दा पछि परेका  वडले आजको परिणामले आफ्नो जित निश्चित भएको बताए।

‘अब मैले लगभग चुनाव जितिसकें, बाँकी रहेका हरेक वडामा मैले कम्तिमा पनि ५०/६० मत बढी ल्याउँछु’, वडले सेतोपाटीसँग भने, ‘अन्तिम परिणाममा कम्तिमा १५ मत अन्तरले मेरो जित हुन्छ।’ बाँकी रहेका ७ वडाहरु धनगढी बजारसँग जोडिएका बाहिरी वडा भएकाले त्यहाँ कांग्रेसको पहिलेदेखि नै संगठन राम्रो भएको वडले बताए।

धनगढीमा अहिले वडा नम्बर ७, ८ र १३ को मतगणना भइरहको छ भने ९, १०, ११ र १२को  मतपेटिका खोलिएकै छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.