धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै


कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम रहेको छ।

२८ हजार २ सय ५८ मत गणना हुँदा मकैको बोट चुनाव चिन्ह भएका हमालले ७ हजार १ सय २८ मत पाएका छन्। हमाललाई नेपाली कांग्रेसका उम्मेदवार नृप ओडले पछ्याइरहेका छन्।

ओडले ६ हजार ९ सय ५ मत पाएका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दुर्गा जोशीले ५ हजार ६० मत पाएका छन्।
उपमेयरमा भने कांग्रेस उम्मेदवार सुशीला भट्टले २ हजार बढी मत अन्तरले अग्रता लिएकी छन्। उनले ८ हजार ५ सय ६७ मत पाउँदा एमाले उम्मेदवार रुक्मणी देवकोटाले ६ हजार ५ सय २८ मत पाएकी छन्।

१९ वडा रहेको धनगढी उपमहानगरपालिकाका ८ वडाको मतगणना सकिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.