विराटनगर महानगरपालिमा कांग्रेसका उम्मेदवार भीमले मतान्तर फराकिलो बनाउँदै


विराटनगर महानगरपालिका कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुलीले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। भीमले एमालेका मेयरका उम्मेदवार विनोद ढकाललाई २८६९ मतान्तरले पछि पारेका छन् ।

अहिले बिहान साढे ८ सम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसका भीम पराजुलीले १० हजार ३ सय २० मत प्राप्त गरेका छन् भने एमालेका विनोद ढकालले ७ हजार ४ सय ५१ मत ल्याएका छन्। यस्तै संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार उमेश यादवले ५ हजार ७ सय १५ मत ल्याए।

त्यस्तै उपमेयरतर्फ कांग्रेसकी इन्दिरा कार्कीले ८६७४ मत प्राप्त गरेकी छिन् भने एमाले र फोरम लोकतान्त्रिककी सूची चौधरीले ४५०५ मत ल्याएर कांग्रेसलाई पछ्याइरहेकी छिन्। माओवादी केन्द्रकी नमिता न्यौपानेले ४४८१ मत प्राप्त गरी तेस्रो स्थानमा छिन्।

 विराटनगर–१९मा स्वतन्त्रको प्यानलनै विजयी
विराटनगर महानगरपालिका वडा नम्बर १९ मा वडा अध्यक्ष सहति सवै सदस्य स्वतन्त्र विजयी भएका छन्।

पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेद्वार बद्रिनारायण सरदाले एमालेका श्याम घिमिरेलाई २१ मतको झिनो अन्तरले पराजित गरेका हुन्। सरदारले ६४२ मत पाए भने घिमिरेले ६२१ मत पाएका छन्।

यता खुल्ला सदस्यमा जितेन्द्र खवास र नागेश्वर राजवंशी, महिला सदस्यमा सम्झना भुजेल तथा दलित महिला सदस्यमा विना सरदार विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.