कपिलवस्तुका दुई नगरमा कांग्रेस विजयी


कपिलवस्तुका दुई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। बुधबार बिहान मत परिणाम सार्वजनिक भएका जिल्लाका कपिलवस्तु र वाणगंगा नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका हुन्।

कपिलवस्तुको मेयरमा नेपाली कांग्रेसका किरणसिंह स्वतन्त्र उम्मेदवार रामदास गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। उपप्रमुखमा पनि कांग्रेसकी लक्ष्मी कसौधन विजयी भएकी छन्।

वाणगंगा नगरपालिकामा एमाले उम्मेदवार विमला घिमिरेलाई पराजित गर्दै कांग्रेसका मंगलप्रसाद थारु मेयरमा विजयी भएका छन्। उपमेयरमा भने एमालेका चक्र अर्याल विजयी भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.