मोरङमा एमालेलाई पहिलो नगरमा सफलता, बेलबारीमा सुवेदी विजयी


मोरङको बेलबारी नगरपालिकामा नेकपा एमालेका उमेद्धवार विजयी भएका छन्। बेलबारीको उपमेयर मा पनि एमालेकै उमेद्धवार बिजयी भएका छन्।

मेयरमा निर्वाचित ज्ञानेन्द्र सुवेदीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार लिम्बुलाई २०१ मत अन्तरले पराजित गरेका हुन्। सुवेदीले १०७८४ मत ल्याए भने  लिम्बुले १०५८३ मत ल्याए। । उपप्रमुखमा  ढाका पराजुली ( तारा ) ले १० हजार ५ सय ८३ मत ल्याइन भने उनकी  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रुक्मिणी धिमालले १० हजार १ सय २२ मत ल्याइन्।

१७ स्थानीय तह रहेको मोरङमा अहिलेसम्म १० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। जसमध्ये नेपाली कांग्रेसले तीन नगरपालिका र १ गाउँपालिका जितेको छ।

यस्तै  एमालेले १ नगरसहित तीन गाउँपालिकाको अध्यक्ष जितेको छ।

एउटा गाउँपालीयिकाको अध्यक्ष भने लोकतान्त्रिक फो जितेको छ।

बुधबार बिहानसम्म बेलबारी, सुन्दर हरैंचा, लेटाङ र रतुवामाइ नगरपालिका तथा केरावारी, कानेपोखरी, कटहरी, ग्रामथान, बुढीगंगा र मिक्लाजुङ गाउँपालिकाको अन्तिम परिणाम आएको हो।

सुन्दरहरैंचा, लेटाङ र रतुवामाई नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वारले प्रमुख पदमा विजय हासिल गरेका छन्। कानेपोखरी र मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष भने एमालेले जितेको छ।

कटहरी गाउँपालीका र केराबारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.