बाँकेको जानकी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी


बाँकेको जानकी गाउँपालिकामा एमालेका उम्मेदवार रामनिवास यादव प्रमुख र भुमिसरा धिताल उपप्रमुखमा बिजयी भएका छन्। यादवले नेपाली काँग्रेसका छब्बन खाँलाई  ७५ मतले पराजित गरि प्रमुखमा बिजयी भएका हुन्।

यादवले ३०८४ मत प्राप्त गरेका छन् भने उनका निकतटम प्रतिस्पर्धी  नेपाली कांग्रेसका छब्बन खाँले ३००९ मत प्राप्त गरे।

उप प्रमुखमा धितालले ३३८३ र उनका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी राम प्यारी यादवले २५२५ मत प्राप्त गरिन्।

यसैगरी बाँकेको खजुरा गाउपालिकामा एमालेका प्रमुख किस्मत कक्षपति र उपप्रमुख एकमाया विकले अग्रता लिइ रहेका छन्। त्यसै गरी बाँकेको कोहलपुर नगरपालिकामा पनि एमालेका मेयरका उम्मेदवार रावतले अग्रता लिइ रहेका छन्।

बाँकेका ८ स्थानीय तह मध्ये बैजनाथ, जानकी गाउँपालिकाको प्रमुख र उपप्रमुखसहित एमालेका उम्मेदवार विजयी भएका छन्।

काग्रेसका उम्मेदबार राप्तीसोनारी र डुडुवा गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा  नेपालगन्ज उप महानगरपालिकाको उप प्रमुखमा बिजयी भएका छन्।

नेपालगन्ज उप महानगरपालिकाको मेयरमा भने राप्रपाका उम्मेदवार विजयी भए। नरैनापुर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.