धनगढीमा २३ हजार बढी भोट गन्दा हमाल वडभन्दा २९२ मतले अगाडि

धनगढीमा २३ हजार बढी भोट गन्दा हमाल वडभन्दा २९२ मतले अगाडि

स्वतन्त्र उम्मेदवार हमाल। तस्वीर स्रोत: दिनेश एफएम, धनगढी।


कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उमेदवारले नेपाली कांग्रेससँगको अग्रता बढाएका छन्। मंगलबार साँझसम्म गणना भएको २३३३६ भोटमा स्वतन्त्र उमेदवार गोपाल हमालले कांग्रेसका मेयर उमेदवार नृप वडलाई २ सय ९२ मतले पछि पारेका हुन्।

पछिल्लो मत परिणाममा स्वतन्त्र उमेदावर हमालले ६ हजार ७८ मत ल्याएका छन भने कांग्रेस उमेदवार वडले ५ हजार ७ सय ८६ मत ल्याएका छन् । तेश्रोमा रहेका एमाले उमेदवार दुर्गाप्रसाद जोशीले ४ हजार ३ सय २५ मत पाएका छन्।

उपमेयरमा भने कांग्रेस अगाडि रहेको छ। कांग्रेस उमेदवार सुशिला मिश्र भट्टको ७ हजार १ सय  ४८ मत रहेको छ भने एमाले उमेदवार रुकमणी देवकोटाको ५ हजार ७ सय २४ मत रहेको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.