झापामा एमाले र मोरङमा कांग्रेसले सबै नगरपालिका जित्न सक्ने


नेकपा एमालेको ‘लाल किल्ला’ मानिने झापाको ८ वटै नगरपालिकामा एमालेको मेयर पदका उम्मेदवार अगाडि रहँदा कांग्रेसको उर्बरभूमी मानिने मोरङको ८ वटा नगरपालिका र एउटा महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार जिततर्फ अग्रसर भइरहेका छन्।

झापाको कन्काई नगरपालिकामा एमालेले जित हात पारिसकेको छ। बाँकी भद्रपुर, मेची, दमक, अर्जुनधारा, गौरादह, शिवशताक्षी र विर्तामोडमा पनि एमाले अगाडि छ।

यस्तै, मोरङको तीनवटा नगरपालिका सुन्दरहरैचा, लेटाङ र रतुवामाईमा कांग्रेस विजयी भइसकेको छ भने बाँकी ४ नगरपालिकामा पनि कांग्रेसकै उम्मेदवार अगाडि छन्। मोरङमा बेलबारी,  रंगेली, सुनवर्षी र उर्लावारी नगरपालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ। यद्यपी पथरी शनिश्चरेमा भने एमालेको अग्रता कायमै छ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक मात्र महानगरपालिका रहेको विराटनगरमा पनि कांग्रेसका भीम पराजुलीको अग्रता  छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.