धनगढीमा स्वतन्त्र उम्मेदवारले कांग्रेसलाई पछि पारे

स्वतन्त्र उम्मेदवार हमाल। तस्वीर स्रोत: दिनेश एफएम, धनगढी।


कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले कांग्रेसलाई पछि पारेका छन्।

प्राप्त पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार गोपाल हमालले कांग्रेसका मेयर उम्मेदवार नृप वडलाई १ सय १० मतले पछि पारेका छन्।

हमालले ५ हजार ५ सय २१ मत ल्याएका छन भने कांग्रेस उम्मेदवार नृप वडले ५ हजार ४ सय ११ मत ल्याएका छन्। तेश्रोमा रहेका एमाले उम्मेदवार दुर्गाप्रसाद जोशीले ४ हजार १ सय १ मत पाएका छन्।

उपमेयरमा भने कांग्रेस अगाडि रहेको छ। कांग्रेस उम्मेदवार सुशिला मिश्र भट्टको ६ हजार ६ सय ४ मत रहेको छ भने एमाले उम्मेदवार रुक्मणी देवकोटाको ५ हजार ३ सय ४० मत छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.