लमहीमा पछि पर्‍यो कांग्रेस, एमाले ८५ मतले अगाडि


दाङको लमहीमा नेकपा एमालेका मेयर उम्मेद्वार अगाडि लागेका छन्। सुरूवातदेखि नै नेपाली कांग्रेसका उम्मेद्वार अगाडि रहेको लमहीमा अन्तिम समयमा एमाले उम्मेद्वार अगाडि लागेका छन्।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार १ सय ८५ मत गन्न बाँकी रहँदा एमालेका मेयर उम्मेद्वार कुलबहादुर केसी ८५ मतले अगाडि लागेका हुन्। सुरुवातदेखि नै कांग्रेसका जोगराज चौधरी अगाडि रहेका थिए।

लमहीमा कुल मत २४ हजार ९ सय ३६ खसेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.