धनगढी उपमहानगरमा हमाल र वडको टक्कर : मत बराबर


कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेसका मेयर उम्मेद्वार नृप वड र स्वतन्त्र उम्मेद्वार गोपाल हमालले बराबर मत प्राप्त गरेका छन्।

मतगणना जारी रहँदा वडले ५१४७ मत प्राप्त गरेका छन् भने हमालले पनि समान ५१४७ मत ल्याएका हुन्।

गएराति सम्म हमाल झण्डै ८० मतले पछाडि थिए। उनले बिहान कमब्याक गर्दै मत बढाएका हुन्। रूख चिन्हसँग केटाकेटी चिन्हको प्रतिष्पर्धा रोचक बनेको हो।

उपमेयरमा भने कांग्रेसकी सुशीला मिश्र भट्ट अगाडि छिन्। उनले ६२२२ मत ल्याएकी छिन्।

एमालेका मेयर उम्मेद्वार दुर्गाप्रसाद जोशीको ३९५५ मत छ। उपमेयर रुक्मिणी देवकोटाको भने ५११४ मत छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.