कांग्रेस,एमालेलाई पछि पार्दै बर्दियामा माओवादी केन्द्र अगाडि


बर्दियामा नेपाली कांग्रेस र एमालेलाई उछिन्दै माओवादी केन्द्र ठूलो पार्टी बन्न सफल भएको छ ।

बर्दियाका ८ वटा स्थानीय तह मध्ये ६ वटा नगरपालिका छन् भने २ गाँउपालिका । एकीकृत नेकपा माओवादी केन्द्रले ३ वटा नगरपालिकामा मेयर र उपमेयर दुवै जितेको छ। १ नगरपालिकामा उपमेयर जितेको छ।

एमालेले एउटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ भने एउटा नगरपालिकाको उपमेयर मात्रै जितेको छ। त्यस्तै एमालेले एउटा गाँउपालिकाको प्रमुख र उपप्रमुख जितेको छ।

नेपाली कांग्रेसले एउटा नगरपालिकामा मेयर र उपमेयर जितेको छ भने एउटा गाँउपालिकामा पनि अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेको छ।

गुलरीयामा कांग्रेसका मुक्तिनाथ यादव मेयर र उपमेयरमा सुशीला गिरी निर्वाचित भएका छन् । गेरुवा गाँउपालिकामा कांग्रेसका जमानसिंह क्षेत्री प्रमुखमा र हिमा चौधरी उपप्रमुखमा विजयी भएका छन् ।

ठाकुरबाबा नगरपालिकामा एमालेका घननारायण श्रेष्ठ मेयरमा र माओवादी केन्द्रका कृष्ण कुश्मा थारु उपमेयरमा निर्वाचित भएका छन् । बढैयाताल गाउँपालिकमा एमालेका लालबहादुर श्रेष्ठ प्रमुख र दिपा गौतम विजयी उपप्रमुखमा भएका छन् । बारबर्दिया नगरपालिकामा माओवादी केन्द्रका दुर्गाबहादुर चौधरी र उपमेयरमा अञ्जु दहित निर्वाचित भएका छन्।

बाँसगढी नगरपालिकामा एमालेका शालिकराम चौधरी मेयरमा र शुष्मा चौधरी उपमेयरमा निर्वाचित भएका छन्।

मधुवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका गणेश केसी र उपमेयरमा शुभरानी थारु निर्वाचित भएका छन् । राजापुर नगरपालिकाको मेयरमा शिवप्रसाद थारु र उपमेयरमा मनकला चौधरी निर्वाचित भएका छन्।

चार निर्वाचन क्षेत्र रहेको बर्दियामा दोश्रो संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रका २ क्षेत्रमा विजयी भएको थियो । नेपाली कांग्रेस र नेकपा एमाले १–१ स्थानमा विजयी भएका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.