टिकापुरमा माओवादीलाई पन्छाउँदै एमाले विजयी


कैलालीको टिकापुर नगरपालिकामा नेकपा एमालेले जितेको छ। हालै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार तपेन्द्र रावल विजयी भएका हुन्।

अत्यान्तै रोचक बनेको टिकापुरको मतगणनाको सुरुदेखि अग्रता लिएको नेपाल लोकतान्त्रिक फोरम तेसरो स्थानमा पुगेको छ भने माओवादी केन्द्र दोस्रो स्थानमा रहँदै टुंग्याएको छ।

उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेद्वारले विजय हासिल गरेकी छन।

नेपाली कांग्रेसकी केसरी विष्टले माओवादी केन्द्रकी उम्मेद्वारालाई हराउँदै विजयी भएकी हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.