मोरङमा एमालेले दोस्रो विजय, कानेपोखरीमा काफ्ले विजयी


मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका ताराबहादुर काफ्लेले ६५८९ मतसहित विजयी भएका छन्।

यस्तै उपप्रमुखका पनि एमालेकै राजकुमारी इङ्नाम विजयी भएकी हुन्।

१७ स्थानीय तह रहेको मोरङमा यसअघि एमालेले मिक्लाजुङमा अध्यक्ष जितेको थियो। यस्तै नेपाली कांग्रेसले केराबारी गाउँपालिका, कटहरी गाउँपालिका, लेटाङ नगरपालिका, रतुवामाई नगरपालिकामा विजयी भइसकेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.