प्युठानमा माओवादी केन्द्रको पहिलो विजय


नेकपा माओवादी केन्द्रले प्युठानमा पहिलो र एक मात्र जित निकालेको छ।

प्युठानको प्युठान नगरपालिकामा नेकपा माओवादी केन्द्रले मेयर जितेको छ भने उपमेयरमा एमाले विजयी भएको छ।

माओवादी केन्द्रका अर्जुनकुमार कक्षपतीले ५ हजार १ सय १४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका तुलसीराम शर्माले ४ हजार ३ सय २३ मत ल्याएका छन् ।

उपमेयरमा नेकपा एमालेकी शान्ता आचार्य विजयी भएकी छन् । उनले ५ हजार ५७ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी भगवती विष्टले ३ हजार ४ सय १४ मत ल्याएकी छन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.