बर्दियाको बाँसगढीमा एमाले विजयी


बर्दियाको बासगढी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेका शालिकराम अधिकारी ८ हजार ७ सय ७५ मत ल्याएर विजयी भएका हुन्। उपमेयरमा एमालेकै सुष्मा चौधरी विजयी भएकी छन्। चौधरीको ९ हजार २ सय ९५ मत रहेको छ।

बाँसगढीसँगै एमाले बर्दियाका तीन वटा स्थानीय तहमा विजयी भएको छ। एमालेले बढैया ताल र ठाकुरबाबा नगरपालिकामा पनि विजय हासिल गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.