मोरङको रंगेलीमा कांग्रेसलाई पन्छाउँदै माओवादीको अग्रता


मोरङको रंगेली नगरपालिकामा नेपाली कांग्रेसलाई पछि पार्दै माओवादी केन्द्रले  अग्रता लिएको छ।

मत गणनाको शुरूवातदेखि पछी परेको माओवादी केन्द्रले मत गणना भएको पाँचौ दिन अग्रता लिएको हो। पछिल्लो मत गणना अनुसार माओवादी केन्द्रका मेयर उम्मेद्वार दिलीप बगेडियालले कांग्रेसका मोदराज घिमिरेलाई २५ मतले पछि पारेका छन्। बगेडियालले ३ हजार ९ सय ९६ मत पाए भने घिमिरेले ३ हजार ९ सय ७१ मत पाएका छन्।  एमालेका सन्तोषकुमार साहले २१२२ मत ल्याएका छन्।

त्यस्तै उप मेयरमा कांग्रेसकी राधादेवी मण्डलले अग्रता कायमै राखेकी छन्। उनले ३३५८ मत पाएकी छन्। कांग्रेसलाई पछ्याउँदै माओवादी केन्द्रकी केशवकुमारी खरालले ३२०९ र एमालेकी उषा झाले २९०५ मत ल्याएकी छिन्।

वडा नं. १,२,४,७ र ९ को १५ हजार ५२ मत मध्ये १२ हजार २ सय २० मत गणना भइरहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.