आदिवासी समूदायका धिमाल ३१ वर्षदेखि स्थानीय निर्वाचनमा विजयी


२०४३ सालदेखि स्थानीय निर्वाचनमा विजयी हुँदै आइरहेका लक्ष्मीनारायण धिमाल उर्लाबारी ४ मा पुनः निर्वाचित भएका छन्।

२०४३ सालमा तत्कालीन गाउँ पञ्चायतको जनपक्षीय सदस्यमा नर्वाचित धिमाल देशमा बहुदल आएपछि वडा अध्यक्षमा निर्वाचत हुँदै आइरहेका थिए।

२०४९ र २०५४ सालमा उनी उर्लावारी गाविस वडा नम्बर १ को वडाअध्यक्ष निर्वाचित भएका थिए। सोमबार उनी उर्लाबारी नगरपालिकाको वडा नम्बर ४ बाट अध्यक्षमा निर्वाचित भए। उनी नेकपा एमालेबाट निर्वाचनमा उत्रिएका थिए।

आदिवासी समूदायका धिमाल वडाबासीबीच सरल र स्वच्छ छवी भएका कारण लोकप्रिय छन्। उनी ३१ वर्षदेखि लगातार स्थानीय निर्वाचनमा विजयी भएका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.