बैतडीको दशरथ चन्द नगरपालिकाको मतपरिणाममा राप्रपाको असहमति, अदालत जाने निर्णय


राष्ट्रिय प्रजातन्त्र पार्टीले बैतडीको दशरथ चन्द नगरपालिकाको मतपरिणामप्रति आफ्नो असहमति जनाएको छ। पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले आइतबार विज्ञप्ति जारी गर्दै एकपक्षीय रूपमा मत परिणाम घोषणा गरिएको आरोप लगाएका छन्।

अन्तिम मत परिणाममा विजयी भएका कांग्रेसका नरेन्द्रसिंह थापालाई सपथ ग्रहण र पदबहाली नगराइयोस् भन्दै अदालत जाने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ।

दशरथ चन्द नगरपालिकामा राप्रपा उम्मेदवार पुष्करराज जोशीले सुरुवाती अग्रता लिएक थिए। अन्तिम मत परिणाममा कांग्रेसका नरेन्द्रसिंह थापा विजयी भएका थिए। थापाले ३७६२ मत पाउँदा जोशीले ३७०० मत पाएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.