बर्दियाको बारबर्दिया नगरपालिकामा पनि माओवादी केन्द्रको जित


मत परिणाम सार्वजनिक भएका बर्दियाका तीनमध्ये दुई नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। प्राप्त पछिल्लो मत परिणाम अनुसार बारबर्दिया नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दुर्गाबहादुर चौधरी ११७४७ मत ल्याएर विजयी भएका छन्। उपप्रमुखमा पनि माओवादी केन्द्रकै अन्जु दहित १०५४२ मत ल्याएर विजयी भएकी छन्।

यसअघि मत परिणाम आएको मधुवन नगरपालिकामा पनि माओवादी केन्द्र विजयी भएको थयो। मधुवनको प्रमुखमा माओवादी केन्द्रका गणेश केसी निर्वाचित भएका छन्। बर्दियाको सदरमुकाम समेत रहेको गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकामा भने नेपाली कांग्रेस विजयी भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.