पाल्पामा एमाले र कांग्रेसलाई १/१ नगर, गाउँमा एमाले अगाडि


पाल्पाका १० स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। अन्तिम परिणाम अनुसार पाल्पामा एमाले र कांग्रेसले ६० र ४० प्रतिशत स्थानीय तह जितेका छन्। एमालेले तानसेन नगरपालिकासहित ६ स्थानीय तह जितेको छ भने कांग्रेसले रामपुर नगरपालिकासहित ४ ठाउँमा जित हात पारेको छ।

तानसेनमा एमालेका अशोककुमार शाहीले ७६७१ मत ल्याएर विजयी भएका छन्। उनले कांग्रेसका अजयमान कर्मचार्यलाई पराजित गरेका हुन्। कर्मचार्यले ५५१७ मत ल्याए। उपमेयरमा समेत एमालेकी लक्ष्मी पाठक विजयी भएकी छिन्।

त्यस्तै पाल्पाको तिनाउ गाउँपालिकाबाट एमालेका अमबहादुर घर्ती, निस्दीबाट मुक्तबहादुर सारु र पूर्वखोलाबाट नुनबहादुर थापा विजयी भएका छन्।

त्यसैगरि रम्भाबाट विष्णुप्रसाद भण्डारी विजयी भएका छन् भने रिब्दीकोटबाट नारायणबहादुर जिसीले जीत हात पारेका छन्। रम्भामा उपाध्यक्षमा एमालेकै राधाकुमारी श्रेष्ठ विजयी भएकी छिन् भने रिब्दीकोटमा एमालेकै लक्ष्मी खनाल निर्वा्चित भएकी छिन्।

पाल्पाको माथागढी गाउँपालिका, रैनादेवी छहरा र बगनासकली गाँउपालिकामा कांग्रेसले जीत हात पारेको छ। कांग्रेसका सन्तोषकुमार थापा माथागढीबाट विजयी भएका छन्।

त्यस्तै रैनादेवी छहरामा नेपाली कांग्रेसका राबहादुर कार्की विजयी भएका छन्। बगनासकली गाउँपालिकामा पनि कांग्रेसकै कृष्णप्रसाद बस्याल निर्वाचत भएका छन्।

अन्तिममा मत परिणाम आएको रामुपरमा कांग्रेसका रमणबहादुर थापा प्रमुखमा र विष्णुदेवी आचार्य उपप्रमुखमा विजयी भएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.