​अछामको चौरपाटी गाउँपालिकामा एमाले १ मतले विजयी


ढिलो गरी मात्र मतगणना सुरु भएको अछामको चौरपाटी गाउँपालिकामा प्रमुख पदमा १ मतले एमालेले विजय हाँसिल गरेको छ। उपप्रमुखमा भने नेपाली कांग्रेसका उम्मेदवारले ७२ मतले विजय भएकी छिन्।

नेकपा एमालेका प्रमुख पदका उम्मेदवार हर्कबहादुर साउदले ३ हजार १ सय ३८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका भीमबहादुर साउदले ३ हजार १ सय ३७ मत पाएका थिए।

उप प्रमुखमा नेपाली कांग्रेसकी माया कुँवरले ३ हजार १ सय ७३ तथा एमालेकी उम्मेदवार सुशीला बोगटीले ३ हजार १ सय १ मत प्राप्त गरिन्।

पूर्व सभाषदसमेत रहेका एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुँवरको वडा नम्बर ४ पायलमा धाँदलीपूर्ण ढंगले मतदान भएको भनी कांग्रेस र माओवादीले मतदान प्रक्रिया नै रद्द गर्न माग गरेर लिखित निवेदन दिए पनि निर्वाचन आयोगले मत गणना गर्नु भनी आदेश दिएपछि हिजोबाट मात्र मतगणना सुरु भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.