पूर्वमा एमालेको २ उपमहानगरसहित २७ मा बलियो पकड, कांग्रेसको २१ ठाउँमा अग्रता


पूर्वको प्रदेश नम्बर १ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले अग्रता लिने सम्भावना बलियो देखिएको छ। पूर्वको १ महानगर, २ उपमहानगर र ४६ नगरपालिका गरी कूल ४९ प्रमुख स्थानका लागि भइरहेको मतगणनामा एमालेले १० नगरपालिकामा विजय हात पारिसकेको छ भने १७ ठाउँमा अग्रता बनाएको छ।

नेपाली कांग्रेसले हालसम्म ५ नगरपालिकामा जित हात पारेको छ। कांग्रेस १६ स्थानमा अगाडि छ। नगरपालिकाको एक स्थानमा लोकतान्त्रिक फोरम अगाडि देखिएको छ।

एमालेले धनकुटाको तीनवटै नगरपालिका जितेर ‘क्लिन स्विप’ गरेको छ। ऊ अझै इलाम र झापामा पनि ‘क्लिन स्विप’ तर्फ अग्रसर छ। सुनसरीको इटहरी र धरान उप–महानगरमा पनि एमाले अगाडि छ। संखुवासभाको ५ नगरपालिकाका लागि भएको निर्वाचनमा एमालेले तीनमा विजय हात पारेको छ।

कांग्रेस पनि उदयपुरमा बलियो स्थितिमा देखिन्छ। भोजपुरको २ स्थानमध्ये एकमा कांग्रेसले जित हात पारिसकेको छ भने अर्कोमा पनि अग्रता बनाएको छ। यसबाहेक कांग्रेसको सबैभन्दा राम्रो प्रदर्शन मोरङमा देखिएको छ। १ महानगर र ८ नगरपालिका रहेको मोरङमा कांग्रेसले महानगरमा अग्रता बनाएको छ भने ६ नगरपालिकामा पकड बनाएको छ।

विजय गच्छदारको लोकतान्त्रिक फोरमले दुहवी नगरपालिकामा हालसम्मको मतगणनामा अग्रता बनाएको छ।

नेकपा एमाले

  • फुङलिङ नगरपालिका (ताप्लेजुङ)– विजयी
  • खाँदवारी नपा (संखुवासभा)– विजयी
  • चैनपुर नपा (संखुवासभा)– विजयी
  • मादी नपा (संखुवासभा)– विजयी
  • म्याङलुङ नपा (तेह्रथुम)– विजयी
  • धनकुटा नपा (धनकुटा)–विजयी
  • पाख्रिबास नपा (धनकुटा)–विजयी
  • महालक्ष्मी नपा (धनकुटा)–विजयी
  • सिद्धिचरण नपा (ओखलढुंगा)– विजयी
  • रुपाकोट मजुवागढी नपा (खोटाङ)– विजयी
  • इलाम नगरपालिका (इलाम)– अग्रता
  • देउमाई नपा (इलाम)– अग्रता
  • माई नपा (इलाम)– अग्रता
  • सूर्योदय नपा (इलाम)– अग्रता
  • भद्रपुर नपा (झापा)– अग्रता
  • मेची नपा (झापा)– अग्रता
  • दमक नपा (झापा)– अग्रता
  • कन्काई नपा (झापा)– अग्रता
  • अर्जुनधारा नपा (झापा)– अग्रता
  • गौरादह नपा (झापा)– अग्रता
  • शिवशताक्षी नपा (झापा)– अग्रता
  • विर्तामोड नपा (झापा)– अग्रता
  • लेटाङ नपा (मोरङ)– अग्रता
  • पथरी शनिश्चरे नपा– अग्रता
  • धरान उप–महानगरपालिका (सुनसरी)– अग्रता
  • इटहरी उप–महानगरपालिका (सुनसरी)– अग्रता
  • बराह नपा (सुनसरी)– अग्रता

नेपाली कांग्रेस

  • धर्मादेवी नपा (संखुवासभा)– विजयी
  • पाँचखपन नपा (संखुवासभा)– विजयी
  • लालीगुराँस नपा (तेह्रथुम)– विजयी
  • सोलुदुधकुण्ड नपा (सोलुखुम्बु)– विजयी
  • भोजपुर नपा (भोजपुर)–विजयी
  • फिदिम नगरपालिका (पाँचथर)– अग्रता
  • षडानन्द नपा (भोजपुर)– अग्रता
  • हलेसी तुवाचुङ नपा (खोटाङ)– अग्रता
  • त्रियुगा नपा (उदयपुर)– अग्रता
  • कटारी नपा (उदयपुर)– अग्रता
  • चौदण्डीगढी नपा (उदयपुर)– अग्रता
  • बेलका नपा (उदयपुर)– अग्रता
  • विराटनगर महानगरपालिका (मोरङ)– अग्रता
  • बेलबारी नपा (मोरङ)– अग्रता
  • रंगेली नपा (मोरङ)– अग्रता
  • रतुवामाई नपा (मोरङ)– अग्रता
  • सुनवर्षी नपा (मोरङ)– अग्रता
  • उर्लावारी नपा (मोरङ)– अग्रता
  • सुन्दर हरैचा नपा (मोरङ)– अग्रता
  • इनरुवा नपा (सुनसरी)– अग्रता
  • रामधुनी नपा (सुनसरी)– अग्रता

फोरम लोकतान्त्रिक

  • दुहवी नपा (सुनसरी)– अग्रता

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.