रुपन्देहीको सुद्धोधन गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा एमाले विजयी

रुपन्देहीको सुद्धोधन गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा एमाले विजयी


रुपन्देहीको सुद्धोधन गाउँपालिकामा एमालेले तिनवटा वडा अध्यक्ष सहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जित हात पारेको छ। सुद्धोधनमा एमालेका किशुनचन्द्र चौधरी अध्यक्ष र उपाध्यक्षमा एमालेकै शान्ता ज्ञवाली विजयी भएका हुन्। चौधरीले नेपाली कांग्रेसका भगवती चौधरीलाई पराजित पार्दै अध्यक्षमा जित हात पारेका हुन् भने ज्ञवालीले नेपाली कांग्रेसकी रामेश्वरी सिंहलाई पछाडी पार्दै जित हात पारेकी हुन्।

एमालेका चौधरीले ५३७१ र कांग्रेसका भगवती प्रसाद चौधरीले ५०१६ मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्षमा शान्ता ज्ञवालीले ५३९० मत र नेपाली कांग्रेसका रामेश्वरी सिंहले ४९५० मत प्राप्त गरेका छन्। सुद्धोधनको वडा नं.१ मा संघिय समाजवादी फोरमका बाबुराम पाल प्यानल सहित विजयी भएका छन् भने वडा नंं ६ मा संघिय समाजवादी फोरमका जयशंकर पाठक विजयी भएका छन्।

त्यस्तै वडा नंं २ मा नेपाली कांग्रेसका विष्णु प्रसाद बस्याल र वडा नं.७ मा दुई सदस्य सहित वडा अध्यक्षमा कांग्रेसका शिवपुजन बानिया विजयी भएका छन्। त्यस्तै वडा नंं ३ मा एमालेका हेम बहादुर खड्का, वडा नं.४ मा राजेन्द्र प्रसाद कंडेल र वडा नं.५ मा पनि एमालेकै पुण्यराम गौतम विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.