बैतडीका बहुमत स्थानीय तहमा कांग्रेसको जित, माओवादी केन्द्रको ७ नं प्रदेश नगरपालिकामा पहिलो जित


बैतडको १० वटा स्थानीय तहमा नेपाली कांग्रेस ६ वटा स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले ३ स्थानमा विजयी भएको छ भने माओवादी केन्द्र १ स्थानमा विजयी भएको छ।

दशरथचन्द नगरपालिकामा कांग्रेसका नरेन्द्रसिंह थापा र मिना चन्द, मेलौलीमा नगरपालिकामा कृष्णसिंह नायक र राधा ओझा, पाटन नगरपालिकामा केशवबहादुर चन्द र सरस्वती कोली, सिगास गाउँपालिकामा हरिसिंह धामी, सुर्नयामा बीरहादुर बिष्ट र शिवनाथमा कर्णसिंह साउद बिजयी भएका छन्।

गोरखबहादुर चन्द गाउँपालिकामा एमालेकी बिना भट्ट, दोगाडाकेदारमा चक्रबहादुर कार्की र पार्वती कार्की, डिलासैनी गाउँपालिकामा मा उकेन्द्र बोहरा र जानकी कार्की छन् ।

सुर्नया गाउँपालिकामा लिला बिष्ट र शिवनाथमा कुस्मा चन्दपनि एमालेबाट उपाध्यक्ष विजयी भएका छन् ।

पुर्चौडी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

मेयरमा माओवादी केन्द्रका रणबहादुर कुवर र उपमेयरमा जानकी बम विजयी भएका हुन । माओवादी केन्द्रले प्रदेस नम्बर ७ मा नगरपालिकामा जितेको यो पहिलो हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.