रूपन्देहीमा पहिलो नतिजा सार्वजनिक, कञ्चनमा एमालेको जित


रुपन्देहीमा एमालेले गाउँपालिकामा जित निकाल्दै खाता खोलेको छ। चार दिनदेखि जारी मतगणनामा पहिलो पटक कञ्चन गाउँपालिकाको गणना आइतबार बिहान सकिएको हो ।

रुपन्देहीको कञ्चन गाँउपालिकामा नेकपा एमालले जितेको छ। प्रमुख पदमा नेकपा एमाललेका गोकर्ण बहादुर क्षेत्री ६ हजार ७ सय ७७ मतले विजयी भएका हुन् । त्यस्तै उपप्रमुख पदमा नेकपा एमालेका गोमा तरामुले ६९२४ मत ल्याएको निर्वाचन प्रमुख होमनाथ गौतमले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.