फिदिम नगरपालिकामा कांग्रेसका नेम्बाङ जिततर्फ अग्रसर


पाँचथरको एकमात्र नगरपालिका फिदिममा नेपाली कांग्रेसले आफ्नो पकड मजबुत बनाएको छ। विहान साढे १० बजेको नतिजाअनुसार कांग्रेसका ओनाहाङ नेम्बाङले आफ्नो प्रतिद्वन्दी नेकपा एमालेका राजकुमार भण्डारीलाई १२ सय ६७ मतले पछाडि छोडेका छन्। अब करिब २ हजार मतको गणना हुन मात्र बाँकी छ।

यस नगरपालिकामा १८ हजार ९ सय मतदान भएको थियो। जसमा करिब १७ हजार मत गणना भएको जिल्ला निर्वाचन आयोगका मुख्य अधिकृत राजेन्द्रकुमार श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

नेम्बाङले ६ हजार मत प्राप्त गरेका छन्। एमालेका राजकुमार भण्डारी ४७ सय ३३ मतका साथ पछाडि छन्। यस्तै, माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले ३२ सय ४४ मत प्राप्त गरेका छन्।

उपमेयरमा कांग्रेसकी उर्मिला प्रधान श्रेष्ठले ५६ सय ५६ मत प्राप्त गरेकी छिन्। उनलाई पछ्याइरहेकी एमालेकी मुना नेम्बाङले ५ हजार ३१ मत प्राप्त गरेकी छिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.