संखुवासभाको चैनपुर नगरपालिकामा पनि एमाले विजयी


संखुवासभाको चैनपुर नगरपालिकामा पनि नेकपा एमालेको विजय भएको छ। एमालेका मेयर पदका प्रत्यासी भरत खत्रीले आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसका शंकरमान कँडेललाई पराजित गरेका छन्।

उपमेयर पनि एमाले नै विजयी भएको छ। एमालेकी मुना श्रेष्ठले कांग्रेसकी अञ्जना लिम्बुलाई पराजित गरेकी छिन्।

सम्पूर्ण मतगणनाको नतिजा केही समयपछि सार्वजनिक हुने चैनपुर निर्वाचन कार्यालयका प्रमुख मेघनाथ पाध्यायले सेतोपाटीलाई जानकारी दिए। ‘सबै नतिजा पुनः जुधाएर हेरिरहेका छौं। एक घण्टाभित्र सबै नतिजा सार्वजनिक हुनेछ,’ उनले भने।

एमालेले केही समयअगाडि मात्र खाँदवारी नगरपालिकाको मेयर पद पनि जितेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.