खोटाङको अर्को नगरपालिकामा कांग्रेस १ सय १७ मतले अगाडि


खोटाङको दोस्रो नगरपालिका हलेसी तुवाचुङमा २ वटा वडाको मतगणना बाँकी रहँदा नेपाली कांग्रेसका इवन राईले १ सय १७ मतको अग्रता कायमै राखेका छन्। उनले मेयर पदमा एमालेका खडेन्द्र राईसँग कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ।

इवनले ३७ सय ३ मत प्राप्त गरेका छन्। खडेन्द्र ३४ सय ८६ मत बटुल्दै कडा टक्कर दिन सफल छन्।

उपमेयरमा कांग्रेसकी विमला राईलाई एमालेकी मनिषा राईले कडा टक्कर नै दिएकी छिन्। विमलाले ३८ सय ३१ र मनिषाले ३३ सय ७७ मत प्राप्त गरेकी छिन्।

एमालेले खोटाङको रुपाकोट मजुवागढी नगरपालिकाको मेयर पद जितिसकेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.