खोटाङको मजुवागढीमा त्रिकोणात्मक भिडन्त, बाजी एमालेले मार्यो


त्रिकोणात्मक भिडन्तमा नेपाली कांग्रेस र माओवादी केन्द्रका प्रतिस्पर्धीलाई उछिन्दै नेकपा एमालेका दीपनारायण रिजाल खोटाङ रुपाकोट मजुवागढी नगरपालिकाको मेयर बन्न सफल भएका छन्।

उनी ५३ सय ४३ मत प्राप्त गर्दै मेयर पदमा निर्वाचित भएका हुन्। रिजालका निकट्तम प्रतिद्वन्दी राजन शेर राईले ४७ सय १८ मत प्राप्त गरे। माओवादी केन्द्रकी दुर्गाजयन्ती राईले पनि ४४ सय ३४ मत प्राप्त गरेकी थिइन।

उपमेयरमा पनि एमालेकी विणादेवी राई ५३ सय ४३ मत ल्याउँदै विजयी भइन्। उपमेयरमा केन्द्रका होमकाजी आचार्य ४६ सय २६ मत ल्याउन सफल भएका थिए। कांग्रेसकी कान्ति केशी बस्नेतले ४१ सय ६८ मत प्राप्त गरेकी थिइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.