सरावल गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक फोरमका राधेश्याम निर्वाचित


नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्षमा विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार राधेश्याम चौधरी विजयी भएका छन् ।

चौधरीले ५ हजार ४५ मत ल्याएर विजयी भएका हुन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप अग्रहरीको पक्षम ३ हजार ९ सय १६ मत मात्र खस्यो ।

गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी उत्तमा राय ४ हजार ४ सय ५८ मतका साथ निर्वाचित भएकी छन् ।

उनकी प्रतिस्पर्धी नेपाल लोकतान्त्रिक फोरमकी सुनिता हरिजनले ४ हजार ३ सय ४३ मत मात्र प्रप्त गरिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.