सोलुमा रोचक नतिजा, मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी


सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डमा नेपाली कांग्रेसका नाम्गेलजाङ्बु शेर्पा मेयर पदमा निर्वाचित भएका छन्। शेर्पाले आफ्नो निकट्तम प्रतिद्वन्दी नेकपा एमालेका भलक शेर्पालाई १ सय ५० मतले जितेका थिए।

नाम्गेलजाङ्बुले कुल २ हजार ६ सय १ मत प्राप्त गरेका थिए। एमालेका झलकले२ हजार ५ सय ५१ मत प्राप्त गरे। मेयरमा कांग्रेसका उम्मेदवार विजयी भए पनि उपमेयरमा एमालेकी कल्पना राई ४३ मतको झिनो अन्तरले विजयी भइन्। उनले २७ सय ६० मत प्राप्त गरेकी थिइन्। कांग्रेसकी खिन्दिल्हामु शेर्पाले २७ सय १७ मत प्राप्त गरेकी थिइन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.