डोटीका सबै स्थानीय तहको मत परिणाम आयो, डोटीमा एमाले पहिलो


डोटी, असार १८(सेतोपाटी)

डोटीका सबै स्थानीय तहको मत परिणाम आइसकेको छ। डोटीका नौ वटा स्थानीय तहमा नेकपा एमालेले पाँच स्थानमा विजय हासिल गरेको छ । नेपाली कांग्रेस तीन र माओवादी केन्द्रले एक स्थानमा विजयी भएको छ।

डोटीको दिपायल सिलगढी नगरपालिकामा नेकपा एमालेका मञ्जु मलासी प्रमुखमा र उपप्रमुखमा शिवराज खड्का विजयी भएका छन्।

आदर्श गाउँपालिकामा एमालेका टेकवहादुर रोकाय प्रमुख र कमला ओझा उपप्रमुखमा विजयी भएका छन् ।

पूर्वीचौकी गाउँपालिकामा एमालेका दिर्घ बोगटी प्रमुखमा र निर्मला साउद उपप्रमुखमा विजयी भएका छन्।

जोरायल गाउँपालिकाको प्रमुखमा एमालेका दुर्घा ओझा र उपप्रमुखमा जमुना वोहरा निर्वाचित भएका छन् ।

सायल गाउँपालिकाको प्रमुखमा एमालेका तेजबहादुर डुम्रेल  उपप्रमुखमा विष्ना सिंह विजयी भएका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.