इलाम नगरपालिकामा एमालेका महेश बस्नेत जिततर्फ अगाडि बढ्दै


इलाम नगरपालिकामा नेकपा एमालेका महेश बस्नेतले नेपाली कांग्रेससँगको दुरी १६ सय ५० पुर्याएका छन्। करिब १९ हजारको मत गणना हुँदा बस्नेतले ७ हजार ९ सय ८८ मत प्राप्त गर्दै विजयतर्फ लम्किएका छन्। उनका प्रतिद्वन्दी कांग्रेसका हिमालय कर्मचार्यले ६ हजार ३ सय ३८ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका छवीलाल आचार्यको मत ७ सय ३५ रहेको छ।

उपमेयरमा एमालेकी सुशिला नेम्बाङले ७ हजार ९ सय ३६ मत प्राप्त गरेकी छिन्। उनी पनि अग्रस्थानमा छिन्। उनको प्रतिद्वन्दी कांग्रेसकी चन्दा कार्कीले ६ हजार ३ सय २९ मत प्राप्त गरेकी छिन्। माओवादीकी प्रेमकुमारी गुरुङको ७ सय ८६ मत छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.